मदिराले मातेपछि सहकर्मीको हत्या
काठमाडौं । रुपन्देहीको तिलोत्तमामा मजुदरहरुबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी तीनजना गम्भीर घाइते भएका छन्।
तिलोत्तमा नगरपालिका ९ मा सोमबार साँझ मादक पदार्थ खाएर मजदुरहरुले आपसमा झगडा गर्दा मकवानपुरको हेटौँडा घर भई रुपन्देहीको मंगलापुरमा डेरा गरी बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको हो ।
धारिलो हातियार प्रहारबाट अन्य तीनजना घाइते भएका छन्। घटनामा संलग्न भएको आशंकामा १३ जना पक्राउ परेको प्रहरील जनाएको छ ।
तिलोत्तमा नगरपालिका ९ केरवानीमा मजदुरी गर्दै आएका उनीहरु विश्वकर्मा पूजापछि साँझ मदिरा सेवनपछि मातिएपछि झडप भएको बताइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस