• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

पूर्व माओवादी सेना एवम् सहायक रथी अधिकारीको पदावधि थप

काठमाडौँ । नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थपिएको छ  । नेपाली सेनाको वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत रथी अधिकारी यही असोज १ गतेबाट अवकाशमा जाँदै थिए । त्यस अघि सरकारले उनको पदावधि तीन बर्ष थप गर्ने निर्णय गरेको हो ।

उनी माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन् । सेनामा समायोजन हुँदा उनले महासेनानीको दर्जा पाएका थिए ।२०७६ असोज १ मा उनी सहायक रथिमा बढुवा भएका थिए ।

विशेष पद सिर्जना गरेर उनलाई एक पटकका लागी सहायक रथीमा बढुवा गरिएको थियो । चार वर्षे पदावधिका कारण उनी असोज १ मा अवकाशमा जान लागको थिए । मन्त्रिपरिषद्को निर्णयसँग थप ३ वर्ष उनी सेवामा रहेने भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर