नेपाल–चीन रणनीतिक साझेदारीबारे द्धिपक्षीय छलफल

काठमाडौं । नेपाल र छिमेकी चीनबीच रणनीतिक साझोदारी गर्ने विषयमा द्धिपक्षीय छलफल भएको छ । चीनको एक हप्ते भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङसहितको उच्चस्तरीय टोलीबीच भएको द्विपक्षीय वार्तामा दुई देशबीच रणनीतिक साझेदारीका विषयमा कुराकानी भएको हो।
एसियाली खेलकुद चलिरहेको हाङ्जाओ सहरमा दुई पक्षका प्रतिनिधिमण्डलसहित भएको भेटवार्तामा नेपाल–चीन रणनीतिक साझेदारीको बारेमा छलफल भएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले समाचार दैनिकलाई जानकारी दिए। राजदूत श्रेष्ठ माओवादी कोटाबाटै चीनको राजदूत भएका हुन् ।
उक्त छलफलमा चिनियाँ राष्ट्रपतिको महत्त्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे छलफल भए नेपाली पक्षले गृहकार्य नपुगेको बताएको थियो ।
प्रतिकृया दिनुहोस