• २०८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025

नेदरल्यान्ड्स भएको गोलीकाण्डमा १ प्राध्यापक सहित तीन जनाको मृत्यु

काठमाडौं । नेदरल्यान्ड्सको रोटरड्याम सहरका दुई बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परी एक प्राध्यापक सहित तीन जनाको मृत्यु भएको छ ।

दुवै गोलीकाण्ड विश्वविद्यालयमा अध्ययनरत एक जना विद्यार्थीले गराएको प्रहरीलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यम रोयटर्सले जनाएको छ ।  

बन्दुक बोकेका ३२ बर्षीय आक्रमणकारीले पहिले एक स्थानीय महिला र उनकी छोरीलाई उनीहरूको घरमै गोली हानी मारेको र त्यसपछि विश्वविद्यालयको अस्पतालको कक्षाकोठमा पुगेर एक जना पुरुष प्राध्यापकको हत्या गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इरास्मस विश्वविद्यालयमा अध्ययनरत उक्त आक्रमणकारीले पहिले आफ्नो छिमेकमा एक जना ३९ वर्षीया महिला र उनकी १४ वर्षीया छोरीलाई घरमै छिरेर गोली हानेको थियो । ती महिलाको घटनास्थलमै र उनकी छोरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । गोली प्रहारपछि आक्रमणकारीले उनीहरूको घरमा आगो लगाइदिएका थिए । 

 

त्यसपछि उक्त आक्रमणकारी इरास्मस विश्वविद्यालयसँग आबद्ध अस्पताल पुगेको र त्यहाँको कक्षा कोठामा प्रवेश गरी एक जना ४३ वर्षीय पुरुष प्राध्यापकको गोली हानी हत्या गरेको जनाइएको छ । प्राध्यापकको हत्यापछि उसले त्यहाँ पनि आगो लगाउने प्रयास गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर