• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ऐँठनले जित्यो मदन पुरस्कार

काठमाडौं । विवेक ओझाको दोस्रो कृति उपन्यास ऐँठनले यो वर्षको मदन पुरस्कार जितेको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई २०७९ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ ।  

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर