पाकिस्तानको मस्जिदमा विस्फोट हुँदा ५९ को मृत्यु

काठमाडौं । पाकिस्तानी सहर हान्गुको एक मस्जिदमा भएको विस्फोटमा ५९ जनाको मृत्यु भएको छ। यससँगै बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।
विस्फोटको घटनामा कयौं घाइते भएका छन् । अझै पनि केही मानिस भग्नावशेषमा पुरिएको आशंका छ। स्थानीयका अनुसार केही घाइतेलाई उपचारका लागि पेशावरस्थित एक अस्पताल लगिएको छ ।
बलुचिस्तानको मास्तुङ सहरस्थित मस्जिद नजिकै पैगम्बर मोहम्मदको जयन्ती मनाउन जम्मा हुँदा बम विस्फोट भएको थियो।
उक्त विस्फोटमा एक प्रहरीसहित ५९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यी दुई घटनाले पाकिस्तानमा आउँदो जनवरीमा हुने निर्वाचनका लागि सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।
प्रतिकृया दिनुहोस