• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

काठमाडौँ । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् ।

महिला सहकर्मी माथि दुर्व्यवहार सम्बन्धी घटना छानविन समितिले बर्खास्त गर्न सिफारिस गरेका एसएसपी योगबहादुर पालले राजीनामा पेश गरे हुन ।

उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको प्रहरी मुख्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्र्देश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले १९ जेठमा उजुरी गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर