आममाफी सम्वन्धमा रास्वपाले के सोध्यो राष्ट्रपतिलाई ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्तिलाई आममाफी दिइएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग चासो व्यक्त गरेको छ ।
सभापति रवि लामिछानेसहित नेताले राष्ट्रपति कार्यालय शितल निवासमा आज विहान राष्ट्रपति पौडेललाई भेटगरेर जघन्य अपराधमा संलग्नलाई आममाफी दिइएकोमा चासो राख्दै असन्तुष्टि जनाएको हो ।
शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सरकारले सिफारिश गरेका २४ जनाको नाम फिर्ता पठाएको स्मरण गराएका थिए ।
रास्वपाले संविधान दिवस या गणतन्त्र दिवसको अवसरमा राजनीतिक आस्थाको आधारमा भइरहेको आममाफी सम्बन्धमा प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा व्यक्ति हत्याको कसुरमा जेल सजाय व्यहोरिरहेका व्यक्तिलाई समेत आममाफी दिइएको भन्दै रास्वपा सभापति लामिछानेले संसद्मा आपत्ति जनाएका थिए ।
प्रतिकृया दिनुहोस