• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

एमसीसी कार्यान्वयनमा स्थानीयको अबरोधः लप्सीफेदी सबस्टेसनमा झडप (भिडियाेसहित)

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन गर्न स्थानीय तहमा जटिलता देखिएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित लप्सीफेदीमा सशस्त्र प्रहरी र स्थानीयबीच सोही सन्दर्भमा झडप भएको छ। 

आज शुक्रबार अपरान्ह सबस्टेसन निर्माणका लागि सुरक्षा दिन पुगेको सशस्त्र प्रहरीको टोलीमाथि स्थानीयले आक्रमण गरेको प्रहरीको दाबी छ। 

तामाकोशीको बिजुली काठमाडौं ल्याउने र एमसीसीको प्रशारण लाइन त्यहाँ जोड्न शव स्टेसन निर्माण गर्न लागिएको हो। 

स्थानीयले एमसीसी परियोजना अन्तर्गत बन्न लागेको सबस्टेशन गाउँको बीचमा राखेर स्थानीय तामाङ बस्ति विस्तापित गर्न लागेको दावी गरेका छन् ।

स्थानीयले प्रदर्शनका क्रममा 'गो ब्याक अमेरिका' लगायतका नारा लगाएका थिए । 

एमसीसीले निर्माण गर्ने प्रशारण लाइन त्यहाँबाट नुवाकोटको रातमाटे हुँदै नेपाल–भारत सीमानासम्म पुर्‍याउने र अर्को लाइन हेटौंडा लैजाने योजना छ। 

स्थानीयले ढुंगामुढा गर्दा २ जना सशस्त्र प्रहरी घाइते भएका छन्। चार जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

लप्सीफेदीमा विद्युत प्राधिकरणले शव स्टेसन निर्माण सुरु गर्ने निर्णय गरेको छ। तर सबै प्रक्रिया पूरा भइसकेपछि स्थानीयले लामो समयदेखि अवरोध गरेपछि त्यहाँ पटक पटक विवाद हुँदै आएको छ। झडपमा केही स्थानीय पनि घाइते भएका छन् ।

विवादकै कारण सबस्टेसन निर्माण अगाडि बढ्न नसकेपछि सशस्त्र प्रहरीको अस्थायी बेस स्थापना गरेर काम गर्ने निर्णय भइसकेको छ।  

काभ्रेबाट काठमाडौं ल्याउन भने स्थानीयको अवरोधका काराण काम अगाडी बढ्न सकेको छैन। 

काठमाडौंतर्फ ५ वटा टावर गाड्न बाँकी छ। २०७४ सालमै स्थानीयलाई मुआब्जा वितरण गरिसकेको भएपनि अहिले शवस्टेसन अन्यत्र निर्माण गर्न स्थानीयले माग राखेपछि अवरोध भएको हो।

पटक पटक वार्तामा पनि सहमती जुट्न नसकेपछि सुरक्षाकर्मी लगाएर काम अगाडी बढाउने निर्णय सरकारले गरिसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर