• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

विश्वकप क्रिकेट फाइनलः अष्ट्रेलियालाई भारतले दियो २४१ रनको मध्यम लक्ष्य

काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेटको उपाधि भिडन्तमा आयोजक भारतले कमजोर सुरुवात गरेको छ । उपाधिको पहिलो दावेदार मानिएको भारतले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २४० रन बनायो । 

भारतका लागि केएल राहुलले एक चौकाको साहायतामा १०७ बल खेलेर सर्वाधिक ६६ रनको गोगदान गरे । 

स्टार क्रिकेटर विराट कोहली ६३ बलमा ५४ रन बनाएर आउट भए । कप्तान रोहित शर्माले ४७ रन बनाए । सुर्यकुमारले १८ र कुलदीप यादवले १० रन जोड्नु बोहक भारतका अन्य खेलाडीले दोहोरो अंक जोड्न

सकेनन् । 
कसिलो बलिङ गरेको अष्ट्रेलियाले पहिला फिल्डिङ रोजेको थियो । उसका लागि मिचेल स्टार्सले ३, जोन हज्लेउडले २, प्याट कुमिन्सले २, आडम जाम्पा र म्याक्सवेलले एक एक विकेट लिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर