• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

भागबण्डामा न्यायाधीशका लागि ६ जना सिफारिस, माओवादी निकट परेनन्

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश राजनीतिक राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो । 

सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् । उनी कांग्रेसनिकट हुन् । ढकाल एमाले निकट कानुन व्यावसायी हुन् । 

सिफारिस हुनेमा उच्च अदालतबाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् ।  

माओवादी कोटाबाट भने कसैको पनि नाम सिफारिस भएको छैन । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले माओवादी कोटाबाट सिफारिस गरिएका महान्यायाधीवक्ता समेत रहेका दिनमणी पोखरेलको नाम अस्वीकार गरेको स्रोतको दावी छ । डीएन पराजुलीको नाम पनि माओवादीबाट न्यायाधीश बन्ने चर्चामा थियो । 

उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।

सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएक ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ । सर्वोच्चमा २१ जना न्यायाधीश हुन्छन् ।

यस्ताे छ भागबण्डाः 

टेक प्रसाद ढुंगाना - एमाले

बालकृष्ण ढकाल - एमाले

महेश शर्मा - एमाले

सारङ्गा सुवेदी - काँग्रेस

सुनिल पाेखरेल - काग्रेस

अब्दुल अजिज - काँग्रेस


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर