दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ

काठमाडौं । प्रहरीले विवादास्पद मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । प्रसाईंका स्वकीय सचिव थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको छ ।
थापा सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् । सोमबार गौशालाबाट सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस