• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

माओवादीमा अब दण्ड र पुरस्कार, हिमाल, पाहाड, तराई जोड्ने अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा पूरै खट्नेलाई बधाईपत्र दिने तथा काम नगर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेलाई बधाई पत्र दिने निर्णय गरेको केन्द्रीय सदस्य डीपी ढकालले जानकारी दिए। 

त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र, १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र र १५ प्रतिशतभन्दा कम खट्नेलाई स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

माओवादीले पूर्व पश्चिम जोड्ने अभियान, साना शहरमा अभियान चलाउने निर्णय पनि गरेको छ । ‘विधान सम्मेलन भव्य बनाउने निर्णय भएको ढकालले भने, ‘पार्टी बनाउन सक्छौं भन्ने आत्मविश्वास बढेको छ । एक्लै पहिलो पार्टी बन्न सक्छ । सुशासन, सामाजिक सुरक्षा र समृद्धिको पक्षमा राम्रो काम सरकारले गरेको छ । यसलाई जनतामा लैजानु पर्छ, भन्ने अध्यक्षको निश्कर्ष आएको छ ।’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर