क्यानडा विरुद्धको ओडीआई सेरिजमा नेपालको क्लिन स्वीप
काठमाडौँ । क्यानडा विरुद्धको ओडिआई सेरिजमा नेपालले क्लिन स्वीप गरेको छ । आज सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडालाई नौ विकेटले हराएको छ ।
जितसँगै नेपालले तीन खेलको शृङ्खला ‘क्लिन स्वीप’ गरेको हो । यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
प्रतिकृया दिनुहोस