• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

काजु खाँदाकाे फाइदा के छन् ? कति खाने ?

काठमाडौं । 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो । काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक पनि छ ।

यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन् ।

काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो।

दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन।

यस्ता छन् काजुका फाइदाः

  • काजु खाँदा हड्डी बलियो हुन्छ । काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ ।
  • काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ । त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।
  • जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ । काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ।
  • दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ । काजु खाँदा मोटोपना कम हुन्छ। यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ ।
  • काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ । दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ ।
  • काजुमा कोलेस्ट्रोलको मात्रा न्युन हुन्छ, जसले हृदयघातको जोखिम कम गर्छ ।
  •  काजुको नियमित सेवनले कपाल झर्ने समस्या कम हुन्छ ।
  •  काजुमा भिटामिन बी भरपुर मात्रामा पाइन्छ, त्यसैले यसलाई शक्तिवद्धक खाना पनि भन्ने गरिन्छ । खाली पेटका काजु र महको सेवनले स्मरण शक्ति बढाउन मद्दत गर्छ ।
  • काजुको तेलले दुवीको सेतो दाग कम गर्छ ।
  •  काजुको तेलले शरीर मालिस गर्नाले शरीरको सुख्खापन कम हुनुका साथै छाला नरम हुन्छ ।

एक दिनमा कति खाने ?

स्वादिलो ​​लागे पनि दिनमा ३–४ वटा वा बढीमा ५ वटा भन्दा धेरै काजु खानु हुँदैन। धेरै काजु खाँदा पेट खराब हुन सक्छ। फाइदाको साटाे शरीरमा हानि पुग्न सक्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर