• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

२ वर्षदेखि जन्माउने प्रयास असफल भएपछि मनिषा बच्चा चोर्न पुगिन !

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनकी शिशु चोरी गरेकी २४ वर्षीया मनिषा भनिने मनकुमारी सिंहले आफूले बेहोसीमा शिशु चोरी गरेको बयान दिएकी छन् । प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेकी मनिषाले अस्पताल पुगेपछि आफ्नो होस् गुमेको हुँदा बच्चा बोकेर हिँडेको प्रहरीलाई बताएकी छन् । प्रहरीको सोधपुछमा उनले भेनेकी छिन्, ‘अर्काको बच्चा बोकेर कसरी घर पुगें । किन गएँ, केही थाहा नै छैन रु मैले बेहोसीमा पुगेर यस्तो गरें ।’

प्रहरीले बच्चा चोरी भएको १२ घण्टापछि सकुशल उद्धार गर्दै उनलाई पक्राउ गरेको थियो । मनिषाले शुक्रबार काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपलिका–३ घर भई कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठकी शिशु चोरेकी थिइन् । सोही त्यही राति काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट शिशुलाई उद्धार गरेको थियो भने उनलाई पक्राउ गरेको हो ।


अस्पतालदेखि मनिषा बस्दै आएको काँडाघारीसम्मका सीसी क्यामेराका फुटेज अध्ययनपछि शिशुको उद्धार गर्न सफल भएको जानकारी काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री जानकारी दिएका छन् । प्रहरी पुग्दा मनिषा सुत्केरीको बहना बनाएर घरमा बसेकी थिइन् । उनीबाहेक कोठामा उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाही थिए ।

प्रहरीले उनीहरूलाई समेत नियन्त्रणमा लिएको थियो । तर, बच्चा चोरीको घटनामा उनीहरूको संलग्नता नदेखिएपछि प्रहरीले नरेन्द्र र शारदालाई शनिबार साँझ छाडिसकेको छ । शनिबार रक्तश्राव भएको बताएपछि प्रहरीले जाँच गर्न सिनामंगल अस्पताल पुर्‍याएको थियो । अस्पतालबाट साँझ नै पुनः थुनामा राखेको छ । पीडितले अपहरण तथा शरीर बन्धक मुद्दामा उजुरी दिएपछि मनिषाविरूद्ध आइतबारदेखि अनुसन्धान थालेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल चेकअपका लागि आउँदा मनिषा र उनका श्रीमान् नरेन्द्र सँगै आएका थिए । तर, मनिषाले अस्पतालको वार्डबाट आफ्नै श्रीमानले समेत नदेख्ने गरी उनले सबिनाको २६ दिनको शिशु बोकी भागेकी थिइन् ।

घर पुगेपछि बाटोमा बच्चा जन्माएको भन्दै श्रीमानलाई फोन गरेकी थिइन् । श्रीमान बाहेक अन्य नातेदारलाई समेत आफूले बच्चा पाएको जानकारी गराएकी थिइन् । शुक्रबार प्रहरी नपुग्दासम्म मनिषाले बच्चा पाएको भन्दै शिशुको मुख हेर्न आफन्तहरूसमेत उनको कोठासम्म पुगेका थिए । मनिषाले दुई वर्षअघि मात्रै नरेन्द्र मल्लसँग प्रेम विवाह गरेकी थिइन् । नरेन्द्र नेपाली सेनामा कार्यरत छन् । विवाहलगत्तैबाट बच्चाको योजना बनाएका थिए । बच्चा नभएपछि मानसिक तनावमा समेत पुगेको आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर