• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च मै किन मनाइन्छ ?

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा त थाहा पाउनुभएकै होला । तर किन यो मनाइन्छ ? र यो कहिलेदेखि मनाउन सुरु गरियो भन्नेबारे जानकारी नहुनसक्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलन थियो, जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमको रूपमा अनुमोदन गरेको थियो।

यो कार्यक्रमको सुरुवात सन् १९०८ मा तब भयो, जब न्युयोर्क सिटीमा काम गर्ने झण्डै १५ हजार श्रमिक महिलाहरूले काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

एक बर्ष पछि, अमेरिकी समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो। तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिन नामकी महिलाको दिमागमा आयो। उनले आफ्नो विचार सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिन् ।

यो सम्मेलनमा १७ देशका १ सय महिला प्रतिनिधिहरू उपस्थित थिए, सबैले क्लाराको सल्लाहलाई स्वागत गरे। त्यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा मनाइयो ।

सन् १९१० मा क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग ।
यसको शतक कार्यक्रम सन् २०११ मा मनाइएको थियो । संयुक्त राष्ट्र संघले सन् १९७५ बाट औपचारिक रुपमा मनाउन थालेपछि भने यसले अन्तर्राष्ट्रिय रुपमा नै मान्यता पायो । संयुक्त राष्ट्र संघले सन् १९९६ मा पहिलो पटक यसको विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस् भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको थियो ।


महिलाहरुले समाज, राजनीतिमा र अर्थशास्त्रमा गरेको प्रगतिको उत्सवका रूपमा अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गरिदै आएको छ । साथै महिलामाथिको असमानता र विभेदबिरुद्ध प्रदर्शनहरू पनि आयोजना गरिदै आएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिन्छ । जब क्लाराले अन्तर्राष्ट्रिय महिला दिवसको कल्पना गरेकी थिइन्, त्यतीबेला मनाउने कुनै खास दिन तोकिएको थिएन । सन् १९१७ सम्म यो दिवस कुन दिन मनाउने भन्नेबारे कुनै स्पष्टता थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर