आगलागीबाट क्षति  पुगेको चिसापानी पुल सञ्चालनमा

धनगढी । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुल आजबाट सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय नेपालगञ्ज र सडक विभागको पुल महाशाखाले आगलागीबाट पुलमा भएको क्षतिबारे अध्ययन गरेपछि आजदेखि पुल सञ्चालनमा ल्याएको हो । 

वीरगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको मालबाहक ट्रकमा पुलमा गुडिरहेको बेला आगलागी हुँदा पुलका १४ वटा सपोट तार तथा सतहमा क्षति भएको थियो ।

सडक डिभिजन र महाशाखाको टोलीले गरेको अध्ययनले पुलको सपोट तारको बाहिर भागमा जलेर क्षति भए पनि भित्रि क्षति नपुगेको निष्कर्ष निकालेपछि आजदेखि पुल सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख सिनियर इञ्जिनियर निरज शाक्यले सपोट तारमा भित्रि क्षति नपुगेको र पुलको सतह आधा निर्माण गरिएपछि एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।

सपोट तारको बाहिरी भागमा मात्रै क्षति पुगेकाले सञ्चालनमा कुनै जोखिम नभएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर