• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

माओवादीबाट उपाध्यक्ष बनेकी अर्यालले दिइन् राजीनामा

काठमाडौं । माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । 

बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा दिएकी हुन् । संविधानमा अध्यक्ष र उपाध्यक्ष फरक दलको हुने व्यवस्था रहेकाले उनले राजीनामा दिइकी हुन् । अध्यक्षमा माओवादी कै नारायण दाहाल निर्वाचित भइसकेका छन् ।

सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।  

माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर