• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

एमडीएमएस खरिदः दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

आयोगका अनुसार प्राधिकरणका पूर्व अध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायत १९ जनालाई प्रतिवादी बनाइएको छ ।

उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दीपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवतीराम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक कविन्द्र मल्ल, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, उपनिर्देशक सुरेश बस्नेत, सहायक निर्देशक प्रतिक्षा पौडेल र सहायक निर्देशक निराजन कोइरालाविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ। 

एमडिएमएस खरिद गर्दा आधार बिना बदनियतपूर्ण ढंगले अस्वभाविक बढी काम/लागत देखाएर लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेशन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले जनाएको छ। 

मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाएर अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरेर खरिद गरेको पाइएको हो।

यसरी सरकारी कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टि भएको भन्दै अख्तियारले यस खरिद प्रक्रियामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर