• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

माओवादी पत्रकार: मिलन लिम्बु रास्वपाका उम्मेदवार !

काठमाडौं । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका केन्द्रीय नेता रहेको मिलन लिम्बु अन्ततः रावि लामिछानेको पार्टी रास्वपाका उम्मेदवार बन्न पुगेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने अन्तिम निर्णय गरेको हो । उनलाई यसअघि धरानका मेयर हर्क साम्पाङले पनि समर्थन दिएका थिए ।

प्राइमरी इलेक्सनका लागि ६ जनाको उम्मेदवारी परेकोमा ५ जनाले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत उम्मेदवारी चयन गरिएको रास्वपा सह—महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । 

प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, र डा।शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । आज पार्टी कार्यालय वनस्थलीमा सहमहामन्त्री बुर्लाकोटीले राखेको छलफलमा उनीहरुले लिम्बुलाई समर्थन गरेका थिए ।

रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान भएपनि इलाम—२ मा विधि अनुसार पार्टी सदस्य नपुगेपछि सहमति खोजिएको बुर्लाकोटीले बताए । 

प्राइमरी इलेक्सनका लागि मतदाता सङ्ख्याको १ प्रतिशत पार्टी सदस्य हुनुपर्ने विधिमा उल्लेख छ । १ लाख १८ हजार मतदातामा ११ सय ८० पार्टी सदस्य हुनुपर्छ । इलाम—२ मा रास्वपासँग ११ सय ८० पार्टी सदस्य नरहेको बुर्लाकोटीले बताए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर