रेशम पक्षीय मुख्यमन्त्रीका दाबेदार लक्ष्मणकिशोरलाई कांग्रेसको साथ

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेस गरेका छन् । 

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको चौधरीको दाबी छ । तर नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका २ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छैन ।

यसैगरी एमाले माओवादी समूहबाट पनि मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको एमाले नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि अघि सारेकी छन्। उनले कैलाश नै मुख्यमन्त्री बन्ने बताउँदै आएकी छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर