• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

परराष्ट्रमन्त्री श्रेष्ठले किन छाडेर हिँडे अन्तर्राष्ट्रिय समितिको बैठक ? 

File-Photo

काठमाडौँ । नेपालका सिमित नेताहरुमध्ये उपप्रधान तथा परराष्ट्रमन्त्री नाराष्यणकाजी श्रेष्ठ त्यस्ता नेता हुन् जो समयको पालना गर्दछन् । भनेकै समयका बैठक तथा कार्यक्रम स्थलमा पुग्दछन् ।

तोकिएको समयभन्दा १५ मिनेट वा आधा घण्टा बढी कुर्छन् र सुरु भएन भने छोडेर हिड्न् । 

उनी बेलैमा पुगेको तर कार्यक्रम समयमा सुरु नभएका कारण उनले छोडेर हिडेको प्रसस्त उदाहरण छन् । 

मंगलबार पनि संसदीय समितिमा त्यही भयो । तोकिएको समयमा बैठक सुरु नगरेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडे ।
समितिको हलमा साढे १० बजे समितिको बैठक बोलाइएको थियो । मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हलमा आइपुग्दा एक जना मात्र सांसद एमाले सचेतक सुनिता बराल  थिइन् । 

समिति सभापति राजकिशोर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरे । 

मन्त्री श्रेष्ठले १०ः४५ बजेसम्म सांसदहरूको प्रतीक्षा गरे तर बैठक सञ्चालनका लागि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागे । 

बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची थियो । 

मन्त्री श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समय पालनामा प्रतिवद्ध देखिन्छन् भने एमाले अध्यक्ष केपी अाेली सवैभन्दा ढिलाे गर्ने नेतामा पर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर