• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

बझङमा माओवादीको मत बढ्यो 

काठमाडौं । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले तेस्रो स्थानमा चित्त बुझाए पनि जनमत भने बढेको छ । माओवादी उम्मेदवार जनकबहादुर बुढाले मत बढेकोमा आफूले खुसी लागेको बताएका छन् । 

अघिल्लो प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा माओवादीको मत तीन हजार ३०० जति थियो । त्यतिबेला खसेको मत प्रतिशत पनि बढी नै थियो । अहिले कम मतदान हुँदा पनि ३ हजार ८०० मत माओवादीले ल्याएको छ । 

बुढाले अब पार्टी बचाउनका लागि एउटा निर्वाचन एक्लै लड्न पार्टीले आँट गर्नुपर्ने अनुभव भएको बताए । 

बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका थिए । भण्डारीले ११ हजार ६१३ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा बुढाले तीन हजार ८३१ मत प्राप्त गरेका थिए । चौथो स्थानमा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार १४ मत प्राप्त गरेका थिए । 

२०६४ र २०७० को संविधानसभा निर्वाचन एक्लै भिडेको माओवादीले ११ वर्षपछि माओवादीले एक्लै प्रतिस्पर्धा गरेको हो । २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेको उसले २०७९ मा कांग्रेसलगायत दलहरूसँग गठबन्धन गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर