• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कांग्रेसको अडान फेरियोः गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले माफी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने रणनीति लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अडान फेरेको छ ।

लामो समयदेखि संसदमा समेत अबरोध गर्दै गृहमन्त्री लामिछानेले गरेको भनिएको सहकारी गठीको संसदीय समिति बनाउनु पर्ने माग गरेको थियो । 

तर अब गृहमन्त्रीले राजीनामा नै दिनुपर्ने निचाडमा कांग्रेस पुगेको सो पार्टीका प्रमुख सचेतक तथा सभापति शेरबहादुर देउवा निकटका नेता रमेश लेखकले बताए । 

सहकारी ठगीमा रवि लामिछाने निर्दोष भएको जवाफ दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब माफी माग्नुपर्ने लेखकले बताए ।

‘सहकारीबाट रित नपुर्‍याएर कर्जा लिएको भनिएको छ । त्यो कर्जा अहिलेसम्म पनि तिर्न बाँकी छ भनेको छ । प्रधानमन्त्रीले रवि लामिछाने निर्दोष छन् । कुनै प्रमाण छैन । प्रहरीसँग मैले कुरा गरिसकेँ भन्नुहुन्छ । त्यसैले यो मुद्दा अलि पेचिलो बन्दै जान्छ ,’ उनी भन्छन् ।

यस्तै प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि हुँदा प्रतिवाद नबनाइनु मजाकको हद भएको उनको भनाइ छ ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेले यो–यो ग¥यो भनेर सबै लेखेको छ । तर, प्रतिवादी बनाइएको छैन । त्यस्तो पनि हुन्छ । त्यही प्रहरी भन्दै छ— को रवि लामिछाने हो थाहा भएन ? यो भन्दा मजाक केही हुनसक्छ ,’ लेखक भन्छन् । 

इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा गृहमन्त्री लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर