सुदूरपश्चिमको मुख्यमन्त्रीका दुबै दावी अस्वीकृत, एसका लागि बाटो खुल्यो

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको लागि पुनः दाबी पेस गर्न आह्वान गरेका छन् । यसअघिका दुवै दाबी अस्वीकृत गर्दै उनले वैशाख ६ गतेभित्र पुनः दाबी पेस गर्न आह्वान गरेका हुन् ।

यसअघि दुवै दाबी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदबाट परेका थिए ।

मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले जानकारी दिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जारी गरेको सूचनामा लेखिएको छ–

माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूबाट मिति २०८०।१२।२३ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१।०१।०२ गते बेलुका ५ः०० बजे भित्र दावी पेश गर्न आह्वान गर्नु भएकोमा नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्य बाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दावीको आधारमा निस्कर्षमा पुग्न नसकिएको हुदाँ माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दावी सहित मिति २०८१।०१।०६ गते बेलुका ५ः०० बजे भित्र दावी पेश गर्न आह्वान गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर