सुपमा फेरि लफडाः एमालेले सोडारीलाई मत नदिने ?

धनगढी । आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । 

गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार बिहान सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएपनि एमालेले मुख्यमन्त्रीमा दाबी पेस गर्ने व्यक्तिका विषयमा चासो राखेपछि अन्यौलता उत्पन्न भएको छ ।

मंगलबार एकीकृत समाजवादीको नेतृत्वमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता पक्ष) र स्वतन्त्र सांसदको समर्थनमा बुधबार बिहान दाबी पेस गर्ने तयारी गरिएको थियो । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरिसकेको छ ।

तर एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि राजनीतिक खटपट भएका स्रोतले जनाएको छ । अहिले एकीकृत समाजवादी र एमालेका शीर्ष तहका नेतामा छलफल गरिरहेका छन् ।

आफ्नो दललाई मुख्यमन्त्री दिने समझदारी भएपछि यसअघि कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीको दाबी पेसमा गरिएको समर्थन एकीकृत समाजवादीले मंगलबार फिर्ता लिएको थियो ।

प्रदेश प्रमुखले यसअघिको दाबी पेस आह्वानमा नागरिक उन्मुक्तिकै दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको जनाएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर