सल्यानमा बस दुर्घटना

बुटवल । सल्यानको बागचौरमा बस दुर्घटना, १४ यात्रु घाइते 

दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।

बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ।  घाइते सबैको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ ।  

घोराहीबाट रुकुम जाँदै गरेको रा.१ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको हो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर