• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

माओवादीको जम्बो टोली चीन प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वको जम्बो टोली चीन प्रस्थान गरेको छ ।

गुरुङसहित अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की ,जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव, कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मालगायतका नेताहरु चीन प्रस्थान गरेका हुन् ।

उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका छन् ।

सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जना गएका हुन् ।  

बैशाख १५ गतेसम्म माओवादी टोली चीनमा रहने छ ।

 उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले निम्तो दिएको हो ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर