• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

माओवादी त्यागेका शर्मा जसपा प्रवेश गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका रामकुमार शर्मा आज जनता समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । 

उनले आफू माओवादी छोड्दै गर्दा नेताहरुसमक्ष उपेन्द्र यादवले आफूलाई जिम्मेवारी दिन लागेको तर माओवादीमा गुटको सिकार हुनुपरेको बताएका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा महोत्तरीको जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एक कार्यक्रमको बिच उनी प्रवेश गर्न लागेका हुन् । 

माओवादीमा भ्रष्टाचार मौलायो, जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टीले काम नगरेको भन्दै उनी पार्टीबाट राजीनामा दिएका थिए ।

उपेन्द्र यादवको तत्कालीन मधेसी जनअधिकार फोरममा स्थापना कालदेखि काम गरेका उनी २०६५ मा फोरम छाडेर तमलोपामा गएका थिए । २०६७ मा तमलोपा छाडेर उनी माओवादी भएका थिए ।

पछि केही समय डा बाबुराम भट्टराईको नयाँ नेपालमा काम गरे । केही समयपछि माओवादीमा फर्केका रामकुमार शर्मा अहिले पुनः उपेन्द्र यादव नेतृत्वको जसमा प्रवेश गर्न लागेका हुन् । 

शर्माले मधेशमा माओवादी बनाउने हो भने पार्टीमा समन्यायीक ढंगले जिम्मेवारी दिनुपर्ने, चुनावमा टिकट वितरणमा भेदभाव हुन नहुने कुरा उठाउँदै आएका थिए । माओवादीका तर्फबाट मधेश हेर्ने नेताले जहिले पनि गुटको राजनीति गरेको र यसले पार्टी बन्न नसक्ने उनको निचोड थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर