• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

भ्रष्टाचार मुद्दा: कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा 

काठमाडौं ।  कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् । 

महासचिव पाण्डेयले सर्वोच्च अदालतको आदेशबमोजिम सूचना जारी गरिएको उल्लेख छ ।

भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनी संघीय संसद् सचिवालयबाट जारी सूचना बदर गरिदिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर