• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

इटाभट्टामा जिउँदै मान्छे लगाउने कांग्रेस नेता आलमलाई जन्मकैद

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

जिल्ला अदालत रौतहटले लापरबाहीपूर्वक काम गरी ज्यान मारेको तथा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान लिएको अभियोगमा सजाय तोकिएको हो ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले यस्तो फैसला गरेका हुन् ।

अदालतका श्रेस्तेदार उद्धव ढोडारीले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए । यस मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चारजनालाई जन्मकैदको सजाय तोकिएको हो ।

एक जनालाई भने अदालतले सफाइ दिएको छ । श्रेस्तेदार ढोडारीका अनुसार मुक्ति साहले सफाइ पाएका हुन् । यस्तै ६ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ ।

मोहम्मद मोबिन, शेष फजलेहक, शेष भदई, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तवी राखिएको अदालतले जनाएको छ ।

आलमसहितका मान्छे मिली जिउँदै इँटाभट्टामा हाली ज्यान मारेको भन्दै १८ कात्तिक २०७६ मा मुद्दा दायर भएको थियो । जसमाथि साढे चार वर्षपछि फैसला भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर