• २०८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024

इलाम-२ कांग्रेसले गडमै मत जोगाउन सकेन सुहाङ अगाडि

इलाम । इलाम-२ मा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले दुईवटा पालिकको गणना सम्पन्न हुँदा फराकिलो मतान्तर बनाएका छन् । इलामको फाकफोकथुम गाउँपालिकार चुलाचुली गाउँपालिकाको सबै वडाको मत गणना हुँदा नेम्वाङले २ हजार ६१८ मतले अग्रता लिएका हुन् । 

चुलाचुली गाउँपालिकामा कांग्रेसको उपस्थिती राम्रो भएपनि यस पटक कांग्रेसले सबै वडामा पराजय भोगेको छ । त्यहाँ एमाले पहिलो,पहिचानवादी उम्मेद्धार डकेन्द्रसिंह थेगिम दोस्रो र नेपाली कांग्रेस तेस्रो भएको छ ।

हेर्नुस् चुलाचुली गाउँपालिकाको मत परिणाम

पछिल्लो परिणामा अनुसार सुहाङले ८ हजार ८९८ मत पाएका छन् भने नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ६ हजार २८० मत पाएका छन् । फाकफोकथुमको मत परिणाम आउँदा कमजोर देखिएका डकेन्द्र सिंह थेगिम चुलाचुली गाउँपालिकाको मतगणना शुरु भएपछि मतान्तर घटाउन सफल भएका थिए । मुढा चिन्हधारी उनले ४ हजार ६३४ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत पाएर चौथो स्थानमा छन्.

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर