• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

कांग्रेस–एमालेका सदस्यले काठमाडौं महानगरको नगरसभा बहिस्कार गरे

काठमाडौं । सामाजिक सञ्जाल मार्फत मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका नगर सदस्यहरुलाई राजनीतिक पूर्वाग्रह नलिइकन सभामा आउन आग्रह गरेका थिए । तर मेयर शाहले जे संकेत गरेका थिए, त्यही भयो । महानगरका कांग्रेस–एमाले सम्बद्ध नगर सदस्यहरुले मेयर शाहको आग्रह विपरित बैठक नै बहिस्कार गरे । 

आइतबार बिहान बसेको कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित गरियो ।

मेयर बालेनले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको सयम दिएका थिए। लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडे। 

मेयर शाहले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन र अन्तरसम्बन्धित क्षेत्रसहित ६२ बुँदे नीति तथा कार्यक्रम प्रस्ताव गरेका छन् । 

कार्यपालिका सदस्यहरूले बैठक बहिष्कार गरेपछि मेयर शाहले आगामी असार १० गते ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर