• २०८१ असार २० बिहीबार
  • Thursday, 4 July, 2024

आज गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आज शताब्दी जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

वि . सं. १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट उनको जन्म भएको थियो। वि . सं. २००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए। उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए।  

कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहे। वि . सं. २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२,२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बने।

कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र बहस कार्यक्रमको आयोजना गर्न लागेको छ।

कार्यक्रमको पहिलो सेसनमा फोटो प्रदर्शनी हुने कांग्रेसले जनाएको छ।

कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहस कार्यक्रम समेत हुने उनले बताए।

कार्यक्रममा प्रमुख दलका नेताहरूलाई पनि आमन्त्रण गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर