• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

५० किलाेमिटर ट्रेल रेसमा १५ सय मध्ये राेल्पाका मनकुमार ८औं 

काठमाडाैं । राेल्पाका मनकुमार मगर स्विजरल्याण्डमा भएकाे ५० किलाेमिटर ट्रेल रेसमा ८ औं स्थान हासिल गर्न सफल भएका छन् । विभिन्न देशका १५ सय जना सहभागि भएकाे उक्त रेशमा नेपालकाे प्रतिनिधित्व गरेका मगर उत्कृष्ठ १० भित्र पर्न सफल भए । 

UTMB world Series अन्तर्गत हिजाे भएकाे रेसमा रोल्पा थबाङका मगरले उक्त सफलता हात पारेपछि उनलाइ सामाजिक सञ्जालमा बधाई र शुभकामनाकाे बाढीनै लागेकाे छ । 

'कोहि न कोहि हाम्रो ठाउका युवा यो स्थान मा देख्ने धोको थियो मनकुमार भाईले पुरा गरिदियो प्रत्यक्ष या अप्रत्यक्ष रुपमा गुरिल्ला ट्रेल म्याराथन अर्गनाईज गर्नु को उदेश्य पनि यहि थियो । हरेक चुनौति लाई अबसर मा बदलेर यहा सम्म पुग्नु ठुलो उपलब्धी हो । अझैपनी कडा मेहनत ले विश्व चेम्पियन हुने छौ भन्ने आशा छ,' कलाकारसमेत रहेका सुनिल मगरले फेसबुकमा लेखेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर