• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

युरो कपः लय गुमाएको फ्रान्सलाई पन्छाउने स्पेनको दाउ

काठमाडौं । युरो कप फुटबलमा आज अर्को फाइनल सरहको खेल हुँदैछ ।

विश्व फुटबलमा जवरजस्त प्रभाव छोडिरहेका दुई देश स्पेन र फ्रान्सबीचको यो सेमिफाइनल भिडन्त फाइनल सरहकै रोचक हुनेमा दुईमत छैन । तर फाइनलका लागि यी दुई मध्ये एक जानेछन् । 

फ्रान्सेली फुटबल टिमलाई यसपाली भाग्यले साथ दिएको छ भन्दा फरक नपर्ला । किन भने उसको अहिलेसम्म पेदर्शन उत्कृष्ठ छैन । तर पनि सेमिफाइनलसम्म पुगेको छ । 

प्रतियोगिता भर फ्रान्सले ३ गोल गरेको छ । जसमध्य २ गोल आत्मघाती गोल उपहार रहेका थिए भने एक गोल पेनाल्टी मार्फत रहेको थियो ।

समूह डीमा रहेको फ्रान्सले भने समूह चरणमा अस्ट्रियालाई १–० ले हराउँदा नेदरल्यान्ड्ससँग भने गोलरहित बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको फ्रान्सले नकआउट चरणमा बेल्जियमलाई १–० ले मात्र हराएको थियो।

युरो कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज नेपाली समय अनुसार राती १२ः४५ बजे म्युनिखमा हुँदैछ ।

फ्रान्स पछिल्लो पटक २००० मा युरो कप उपाधि जितेको, पछिल्लो दुई विश्वकपको फाइनल पुगेको देश हो ।  

स्टार खेलाडी किलियन एमबाप्पे पहिलो खेल देखि चोट बोकेर खेलिरहेका छन् । त्यसकारण पनि उनको खेलमा निखार देखिएको छैन ।  

उता स्पेनले भने धारिला युवा खेलाडीका साथ उत्कृष्ठ फुटबल पनि पस्कँदै यहाँसम्मको यात्रा तय गरेको छ । 

स्पेन भने प्रतियोगिताको सबैभन्दा लोभलाग्दो प्रदर्शन गरेको टोली रहेको छ । युवा खेलाडी र अनुभवको समिश्रण स्पेनले हालसम्म सबै खेल जितेको छ । पछिल्लो चरणमा जर्मनी विरुद्ध अतिरिक्त समयको अन्तिम समयमा गोल गर्र्दै उच्च मनोबलमा रहेको स्पेन २०१२ पश्चात पहिलो उपाधिको खोजीमा छ ।

समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। राउन्ड अफ १६ मा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्चाम्सले युरो कपका हरेक खेलमा राम्रो छाप छाडिरहेको बताए। स्पेनको टोलीमा राम्रो मिडफिल्ड रहेकाले उनीहरूमा खेललाई नियन्त्रणमा लिन सक्ने क्षमता रहेको दाबी उनले गरेका छन्। 

क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाइब्रकेरमा ५–३ गोल अन्तरले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो। 

विजेताले इङ्ल्यान्ड र नेदरल्याण्ड्स विरुद्धको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध उपाधिका लागि फाइनल खेल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर