• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

'एउटै धाराबाट सरकार बनाउँदै गिराउँदै गर्ने परिकल्पना संविधानमा छैन, ७६ (२) पछि (३) मा जानुपर्छ'

काठमाडौं । संविधानविद् डा. चन्द्रकान्त ज्ञावालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम पहिलो दललले सरकार बनाउँ भनेर आह्वान गर्नुपर्ने बताएका छन्।

संविधानको धारा ७६(२) अन्तर्गत बनेको प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास नरहेको बताउँदै नयाँ सरकार गठनको तयारी भैरहेका बेला संविधानविद ज्ञावालीले सो कुरा बताएका हुन् ।

राष्ट्रपतिले सो आह्वान नगरे राष्ट्रपतिमाथि गम्भिर रुपमा संवैधानिक नैतिकताको प्रश्न उठ्ने उनले बताएका छन् ।

उनले भने -'अब यदी प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेन भने राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम पहिलो दललले सरकार बनाउँ भनेर आह्वान गर्नुपर्ने हुन्छ । यदी राष्ट्रपतिले सो आह्वान गर्नु भएन भने राष्ट्रपतिमाथि गम्भिर रुपमा संवैधानिक नैतिकताको प्रश्न उठ्छ ।'

संविधानको परिकल्पना अनुसार पाँच पटकसम्म सरकार गठनको अवसर प्रतिनिधिसभालाई हुने बताउँदै उनले एउटै धाराबाट पटकपट दल फेर्दै सरकार गराउने कुरालाई संविधानले नमानेको बताएका हुन् । 

'त्यहि धाराबाट सरकार बन्ने आधार मैल देख्दिन । संविधानको संरचना र बनावट, संविधानसभाको दुई चोटिका प्रतिवेदन र संविधानसभाले दोस्रो संविधान बनाउँदा कहि कतै एउटै धारा दोहोरी दोहोरी सरकार बनाउने परिकल्पना गरेको छैन । फेरि फर्केर त्यही धारा अन्तर्गत अर्को प्रधानमन्त्री बन्छ भन्ने परिकल्पना संविधानले गरेको छैन्',उनले भने ।

उनले कुनै दलले एउटा धाराबाट सरकार बनाएर त्यसलाई गिराउँदै फेरि सोहि धाराबाट अर्को सरकार बनाउने कुराको परिकल्पना नगरेको बताए। उनले सो कुरा संविधानवाद,त्यो संविधानको मनसाय र भावना नरहेको हुँदा परिकल्पना नरहेकाले अस्वभाविक मानिने र असंवैधानिक हुने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर