• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

रविकाेे पासपाेर्ट छानविन गर्नुपर्छ – मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वर्खास्तीमा परेका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेसँगकै सल्लाहमा समीक्षा प्रतिवेदनबारे सञ्चार माध्यममा बोलेको बताएका छन्।

बुधबार पत्रकार सम्मेलनमार्फत उनले देशका विभिन्न जिल्ला घुमेर ल्याएको समीक्षा प्रतिवेदनबारे के कुरा बोल्ने र के कुरा नबोल्ने भनेर सभापति लामिछानेसँग सल्लाह गरेरै मिडियामा प्रतिवेदनका केही अंश भनेको दाबी गरे।

असार १९ गतेको केन्द्रीय समिति बैठकले महामन्त्री र प्रवक्ताबाट एक हप्ताका लागि निलम्बन गरेको रास्वपाले हिजोको बैठकबाट ढकाललाई साधारण सदस्य मात्रै बाँकी रहनेगरी सबै जिम्मेवारीबाट वर्खास्त गरेको थियो।

मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टपोर्टको विषयमा पनि अब छानबिन समिति बनाउन माग गरे ।

ढकालले सहकारी ठगीको विषयमा पनि अब पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको बताए । उनले पार्टीको जीवनसँग जोडिएकाले अब रविको पासपोर्ट लगायतका विषय पनि टुंगोमा पुग्नुपर्ने बताए ।

उनले सहकारीको विषयमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकोले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक परेको बताए । 'पहिले उहाँले विधि प्रक्रिया नबुझ्दा दुइटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ,' उनले पत्रकार सम्मेलनमा भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर