• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

आजको राशिफलः कहीँ कतैबाट शुभ समाचार मिल्नेछ

मेष : मन प्रसन्न रहनेछ। श्रमदान गर्ने अवसर मिल्नेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पाइनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शुभकार्यमा सहभागी भइएला।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

वृष : मनमा सहयोग भाव आउला। प्रेमीको सहयोग प्राप्त हुनेछ। रमणीय र सुखद यात्राको योग छ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मिथुन : कला र साहित्यमा रुचि बढ्नेछ। रोकिएको कार्यले पूर्णता पाउनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम प्रस्ताव आउन सक्छ। सेयर बजार या पुँजी बजारले साथ दिनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : कार्य सम्पादनमा समस्या आउला। गरेको काम बिग्रने सम्भावना छ। मनमा दुबिधा उत्पन्न हुनेछ। साँझमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त हुनेछन्।

भाग्यशाली रङ रातो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

सिंह : ताकेको पूरा होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। शैक्षिक क्षेत्रमा सफल भइनेछ। साँझमा व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। प्रेम जीवनमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। आर्थिक कारोबारमा मन्दी आउने र नियमित खर्च समेत बढ्ने योग छ। बौद्धिक व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। परिवारका सदस्यसित भेटघाट हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। सेयर बजारको लगानीले साथ दिनेछ। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ। प्रेम सम्बन्ध बढेर जानेछ। पुँजी बजारले साथ दिनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ : लगनशीलताले काम अगाडि बढ्नेछ। अरूलाई प्रभावमा पार्न सकिनेछ। रमणीय र सुखद यात्राको योग छ। धनार्जनको अवसर प्राप्त हुनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : होसियारीपूर्वक काम गर्नुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुनेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ। साँझमा कहीँ कतैबाट शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर