• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

आजको राशिफलः रमाइलो यात्राको सम्भावना छ

मेष : दाम कमाउने बेला छ। आफन्त र मित्रवर्गको सहयोग पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सङ्गीतमा रुचि बढ्नेछ। व्यवसायबाट लाभ मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : महिलाबाट विशेष सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। रोकिएका काम सही समयमा सम्पन्न हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : लगनशील भइनेछ। मनमा शान्ति छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। शुभकार्यको चर्चा चल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। तर आहार विहारमा सावधानी अपनाउनु राम्रो हुनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवतालाई सम्झेर कामको सुरुआत गर्ने। खराब नियत नराख्ने।

कर्कट : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। मित्रले व्यर्थको विवाद र कुरा काट्न सक्छन्। घर व्यवहारको समस्याले सताउनेछ। विश्वासमा कमी आउन सक्छ। व्यापार व्यवसायमा बाधा आउनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राख्ने। उत्तर दिशाको यात्रा नगर्ने।

सिंह : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या : शुभकार्यको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। रमाइलो यात्राको योग छ। वैदेशिक कार्य अघि बढ्नेछ। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : रमाइलो यात्रा हुनेछ। जागिरको लागि नयाँ ठाउँमा प्रवेश हुनेछ। घरजग्गा र भौतिक साधन जुटाउने समय छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सेयर बजारमा सफलता मिल्ला।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। प्रेम सम्बन्धमा धोका हुन सक्छ। सेयर बजार र आर्थिक कारोबारमा मन्दी आउला। साँझमा भने भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌को स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। स्वविवेकको प्रयोगले कार्यसिद्ध हुनेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो भने प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा पनि ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नजिकको व्यक्तिबाट सहयोग पाइनेछ। रोकिएका काम पूरा हुनेछन्। तर, नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर गुम्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। आँटे-ताकेको पूरा होला। छोटो दूरीको लाभदायी यात्रा हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। काम बिगार्नेको सक्रिय रहने देखिन्छ। अनावश्यक झमेलामा परिएला। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउन सक्छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर