• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

बागमतीबाट कांग्रेस–एमाले खटपट शुरु, मन्त्री लिन गएको गाडी रित्तै फर्कियो

हेटौंडा । गठबन्धन गरेर भर्खरै सत्ता बाडफाँडमा लागेका दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट सुरु भएको छ । नेपाली कांग्रेसले आन्तरिक भागबण्डा मिलाउनकै लागि मन्त्रालय भन्दा धेरै मन्त्री बनाउने तयारी गरेपछि एमालेले त्यसमा असहमति जनाएको छ । 

बागमती प्रदेशमा १३ मन्त्रालय छन् । तर १४ मन्त्री नियुक्त गर्ने कांग्रेसको तयारीपछि एमालेका प्रदेश नेताहरुले असहमति जनाए ।  

मुख्यमन्त्री लामाले साझेदार दलसँग सल्लाह नै नगरी मन्त्री मण्डल विस्तार गर्ने तयारी गरेको भन्दै एमालेले असहमति राखेको थियो । मन्त्रालयभन्दा बढी मन्त्री नियुक्त गर्न नहुने एमालेको भनाई छ ।

एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्रालय थप गर्न नहुने भन्दै कांग्रेसले आफ्नो समस्या सल्टाएर मात्र सरकारलाई पूर्णता दिनु पर्ने बताए ।  

मन्त्रालय बढाउने निर्णयको विपक्षमा रहेको एमाले बाहरिएपछि कांग्रेस नेता तथा सांसदहरू अलमलमा परे ।  

प्रदेश सरकारमा एमालेका ६ मन्त्रीले जिम्मेवारी सहित शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।  

६ मन्त्रालयको भाग पाएको कांग्रेसले बिहीबार थप ४ मन्त्रीको शपथग्रहण गर्ने तयारी गरेको थियो । तर, अन्तिम समयमा शपथग्रहण रोकिएको हो ।

कांग्रेसले बुधबार नै ३ मन्त्री नियुक्ति गरिसकेको छ ।  थप मन्त्रीहरुको सपथपछि लिनका लागि भनेर विभागीय मन्त्रालयका सचिवहरु गाडी सहित प्रदेश प्मुख कायार्रलय पुगेका थिए । कर्मचारीको टोली सहित स्वागतका लागि पुगेका सचिव र गाडीहरु रित्तै फर्किएका थिए ।

झण्डा हालेर मन्त्री लिन पुगेका गाडीहरु रित्तै फर्किए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर