• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

सौर्य एयर दुर्घटनाः पोस्टमार्टम सकियाे तर पीडितले पाउने राहत अन्याेलमा

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिए पनि क्षतिपूर्तिकाे टुंगाे नलागेका कारणा आफन्त शव नबुझ्ने अडान लिएका छन् । सरकार र सराेकारवाला एयरलाइन्सले बेलैमा क्षतिपूर्तिकाे व्यवस्था नमिलाउदा पीडित परिवार थप पीडामा परेका छन् । 

शव पहिचान कार्य शुक्रबार बिहान सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने त्रिवि शिक्षण अस्पतालको तयारी छ । मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडानमा छन् । 

जहाज दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूले बिहीबार शिक्षण अस्पतालमा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र एयरलाइन्सका म्यानेजर गोपाल भट्टराईसँग बिमा र यथोचित क्षतिपूर्ति रकम टुंगो लागेपछि मात्र शव बुझ्ने माग राखेका थिए ।

मृतकका आफन्तलाई भेट्न मन्त्री पाण्डे र एयरलाइन्सका एकाउन्टेबल म्यानेजर भट्टराई बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका थिए । त्यही बेला मृतकका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान सुनाएका हुन् ।

दुर्घटना भएयता सौर्य एयरलाइन्सका कुनै पनि उच्च पदस्थ अधिकारीहरू आफूहरूलाई भेट्न वा सान्त्वना दिन नआएको बताउँदै उनीहरूले रोष प्रकट गरेका थिए ।  

मन्त्री पाण्डेले भने शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर