• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

पाईलट शाक्यकाे स्वास्थ्यमा सुधार, वार्डमा सारियो

काठमाडौं । सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष(आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ ।

स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालले जानकारी दिएकाे छ । 

अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ । क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

अस्पतालका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ ।  

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्‍याइएको थियो ।

उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर