• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

अमेरिकामा भविश्यमा काम गर्न चाहने विद्यार्थीलाई खुशीको खबर

अमेरिकामा भविश्यमा स्टीम ओपीटीमा काम गर्न चाहने र ग्रिनकार्ड लिन चाहने एफवान भिसावाहक विद्यार्थीलाई खुशीको खबर छ । किनभने अमेरिकी सरकारले स्टीम डिग्री कार्यक्रमको सुची अपडेट गर्दै एउटा नयाँ डिग्री कार्यक्रमलाई समेत स्टीम डिग्रीमा थपेको छ ।

विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणित विषयका डिग्रीलाई स्टीम डिग्री भनिन्छ । जसमा अमेरिकी सरकारले अब पर्यावरण र प्राकृतिक संसाधन अर्थशास्त्र अर्थात् इन्भायरोमेन्टलरनेचुरल रिसोर्स इकोनोमिक्सलाई पनि विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको श्रेणीमा थपेको छ । अब यो विषयमा डिग्री लिनेहरुले अन्य विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणित विषयमा डिग्री लिनेसरह सुविधा पाउनेछन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अपडेट गरिएको सुची प्रकाशित गरे लगत्तै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले पनि स्टीम डिग्रीको कार्यक्रमको सूची अद्यावधिक गर्दै सुचना प्रकाशित गरिसकेको छ । अमेरिकामा अन्य विद्यार्थीहरुको तुलनामा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित विषयमा डिग्री लिने विद्यार्थीहरुलाई थप सुविधा रहेको छ ।

यी विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले पढाई सकेपछि लामो समयका लागि वर्क परमिट प्राप्त गर्न सक्छन् । यी विषयमा अध्ययन गरेका विद्यार्थीहरू प्रारम्भिक १२ महिनाको ओपीटी पछि २४ महिनाको स्टीम ओपीटी विस्तारको लागि योग्य हुन्छन् । अर्थात कुल ३६ महिनासम्मको वर्क परमिट प्राप्त गर्न सक्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर