• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

पाेखरामा भएको यतिको विमान दुर्घटनाको अडियो सार्वजनिक, दोषी को ?

पोखरा । २०७९ माघ १ गते पोखरामा भएकाे यती एयरलाइन्सको जहाज दुर्घटना हुनु २ मिनटअघिको 'ककपिट भ्वाइस रेकर्ड'मा रहेकाे पाइलट र काे पाइलट बीचकाे कुराकानी सार्वजनिक भएको छ।

उक्त अडिओमा पाइलट कमल केसी र को-पाइलट अञ्जु खतिवडाबीच जहाज अवतरण हुने बेलाको संवाद सुन्न सकिन्छ। संवादको अन्तिममा को-पाइलट खतिवडा जहाजमा पावर आएन(टर्क) भन्दै अत्तालिएको सुनिन्छ। त्यसको केही सेकेन्डमै जहाज दुर्घटना हुन्छ, जसमा ७२ जनाको निधन भएको थियो।

जहाज दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदनमा जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो। 

तर कतिपय अनुभवी पाइलटहरूले जहाजमा गलत लिभर तानिएका कारण ल्यान्डिङको समय इन्जिन बन्द भएको बताए दावी गरे ।

जहाजमा दुइटा लिभर सँगसँगै हुने। स्पिड कन्ट्रोल गरेर जहाज ल्यान्डिङ गर्न फ्लाप्स तान्न खोजेको तर अर्कै लिभर तानेकाले दुवै इन्जिन सटडाउन भएकाे र पावर आएन, पावर आएन भन्दै आत्तिएको उनीहरूकाे भनाइ छ।

ककपिट रेकर्डमा सुनिएअनुसार पाइलट र को-पाइलटबीच कुराकानीमा राम्रो तालमेल नभएको पनि पाण्डेको भनाइ छ।

ककपिटको संवादले को-पाइलटमा अनुभवको कमी, पाइलटले क्रस भेरिभाइ गर्न चुकेको र अन्तिम समय हतारिएका कारण दुर्घटना भएको अनुभवीहरूकाे भनाइ छ ।

पाइलट र काे पाइलटबीचकाे  सम्बादकाे अडियाे समाजिक सन्जालमा भाइरल भएकाे छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर