• २०८२ बैशाख १७ बुधबार
  • Wednesday, 30 April, 2025

प्रि सिजन फ्रेन्डलीः बार्सिलोनाले म्यानचेष्टर सिटीलाई हरायो

काठमाडौं । सिजन सुरु हुनु अघिको एक मैत्रीपूर्ण खेलमा प्रिमियर लिग विजेता म्यानचेष्टर सिटी स्पेनिस बार्सिलोनासँग पराजित भएको छ ।

आज बिहान भएको खेलमा निर्धारित समयमा दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए । 

त्यसपछि खेललाई पेनाल्टीमा लगेर निचोडमा पुर्याईएको थियो । 

पेनाल्टीमा सिटीका दुई खेलाडीको प्रहार बार्साका गोलकिपरले रोकिदिएपछि पेप ग्वार्डिओलाको सिटी ४–१ गोल अन्तरले पराजित भयो । 

निर्धारित समयको २४औं मिनेटमा गोल गर्दै बार्साले अग्रता लिएको थियो । ३९औं मिनेटमा गोल फर्काउँदै सिटीले बराबरी गर्यो । पहिलो हाफको अन्तिम ४७औं मिनेटमा बार्साले फेरि गोल गरेर २–१को अग्रता बनायो । 

तर दोस्रो हाफको ५९औं मिनेटमा सिटीले बराबरी गोल फर्कायो । 

त्यसपछि खेल पेनाल्टीमा लगिएको थियो । 

पेनाल्टीमा बार्साका सब्सिटिच्यूट गोलकिपर आन्द्रे अस्ट्रलागाले सिटीका सुरुवाती दुई प्रहार रोकिदिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर