• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

महंगा गहना लगाएर, बालबच्चा बोकेर पशुपति नआउन कोषको आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।उनले भने,‘ विगतमा वर्षका गरगहना चोरी भएको हराएको गुनासो धेरै आएकाले यसवर्षदेखि सार्वजनिक रुपमै गरगहना लगाएर नआउन अपील गरेका हौं । महंगा गरगहना हराएमा स्वयम व्यक्तिलाई मात्र नभई उसको परिवारलाई समेत मानसिक असर पर्ने भएकाले सर्तकता अपनाउन भनेका छौं । साथै मंहगा सारी लगाएर आउँदा बत्ति बाल्ने क्रममा आगोले भेट्दा ठूलो नोक्सानी पुग्छ । त्यसकारण धूपबत्ती गर्ने क्रममा ध्यान दिनुहोला । आफ्नो कपडामा सल्कन सक्छ । पोल्न सक्छ । ’

कोषले हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।अन्य दिनमा बिहान ४ बजेदेखि दर्शनको लागि चारै ढोका खोलेपनि तीजको लागि भने बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने भएको छ । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रुपमा नरोकिने प्रवक्ता अधिकारीले बताए ।तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर