• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

चर्को महँगीले बाँच्नै गाह्रो भयो सरकार ?

चर्को महँगीले उपभोक्ताहरू आक्रोशित बनेका छन्। भक्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको प्रति गुनासो गरे।

एक दर्जन केराको मूल्य दुई सय २० देखि दुई सय ५० रुपैयाँसम्म पुगेको छ। यस्तो अवस्थामा हामी कसरी बाँच्ने, सरकार ?

केराको मात्रै नभई, हरेक उपभोग्य सामानको मूल्य आकासिएको छ। आलु, प्याज, चिनी, चामललगायतका खाद्यान्नहरूको मूल्य निरन्तर वृद्धि भइरहेको भन्दै भारतले निर्यातमा कडाइ गरेपछि कालोबजारी बढेको उछ।

नेपाल प्रेस सोसाइटी भक्तपुरले आयोजना गरेको ‘अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी र बजार अनुगमन’ सम्बन्धी साक्षात्कार कार्यक्रममा थापाले केही व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी सामानको मूल्य बढाएर उपभोक्तालाई शोषण गरिरहेको जिकिर गरे।

उपभोक्ता अधिवक्ता केदार अधिकारीले उपभोक्ता संरक्षण ऐन २०७५ लागू भए पनि यसको कार्यान्वयन कमजोर भएकाले बजारमा महँगीले कहिल्यै छोड्न नसकेको प्रति दुःख व्यक्त गरे। उनले कानुन बनाउनु मात्र नभई, त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै जरुरी भएको बताए।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अव्दुल खानले दूरदर्शिताको अभावमा जनताले अझै लामो समयसम्म यो समस्या झेल्नुपर्ने बताए।

उनले चेतावनी दिँदै भने, आयातमा हामी भर परिरहँदा समस्या झन् विकराल बन्दै जाने निश्चित छ। समाधानको लागि निर्यातलाई प्रोत्साहन गर्नुपर्छ र बाँझो खेतलाई उर्वर बनाएर आत्मनिर्भरता तर्फ अग्रसर हुनु पर्छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर