• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

गृहसचिवमा दुवाडी नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को यो निर्णय भने सार्वजनिक गरेनन् ।

तत्कालीन गृह सचिव एकनारायण अर्याल मुख्यसचिवमा बढुवा भएपछि रिक्त बनेको सो पदमा जान करिब एक दर्जन सचिवहरू आकांक्षी थिए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको तथ्यांक कार्यालयका सचिव दुवाडीलाई गृह सचिव बनाएको हो । सम्भवत: आइतबारदेखि उनले कार्यभार सम्हाल्नेछन् ।

उनीसँग निर्वाचन आयोगको सचिवसहित विभिन्न मन्त्रालयमा काम गरेको अनुभव छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर